Kathmandu Press

बाँकेको नौबस्ता बालसुधार गृहमा झडप, पाँच जनाको मृत्यु

कैदी बन्दी भाग्दा कारागार र बालसुधार गृहमा खटिएको सशस्त्र प्रहरीको कारबाहीमा ५ जनाको मृत्यु भएको छ।
बाँकेको नौबस्ता बालसुधार गृहमा झडप, पाँच जनाको मृत्यु

बाँके, भदौ २५ : बाँकेको नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहमा झडप भएको छ। कैदीबन्दी भाग्ने क्रममा सशस्त्र प्रहरी र कैदी बन्दीहरुबीच झडप भएको हो

कैदी बन्दी भाग्दा कारागार र बालसुधार गृहमा खटिएको सशस्त्र प्रहरीको कारबाहीमा ५ जनाको मृत्यु भएको छ।

Hardik ivf

प्रहरीको कारबाहीमा ७ जना घाइते भएको, उनीहरुलाई भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। 

कारागारबाट ४९ जना कैदी र बालसुधार गृहबाट ७६ जना भागेका छन्। कारागारमा ५ सय ८५ र १ सय ७६ थिए।

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, भदौ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्