Kathmandu Press

सर्वोच्च अदालतको सुनुवाई अनिश्चितकालका लागि स्थगित

आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो।
सर्वोच्च अदालतको सुनुवाई अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ २५ : सर्वोच्च अदालतको सुनुवाइ अनिश्चितकालका लागि भएको छ।

आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट आज बिहान जारी सूचना गर्दै सुनुवाइ अनिश्चितकालका लागि भएको जनाएको हुन् ।

‘मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जारी सूचनामा भनिएको छ।

जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ।
 

प्रकाशित मिति: १०:२९ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्