Kathmandu Press

जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ उनले भनेका छन्।
जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

काठमाडौं, भदौ २४ : राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन्।

देशभर आन्दोलनमा रहेका जेनजीलाई राष्ट्रपति पौडेलले मंगलबार साँझ संवादमा आउन अपिल गरेका हुन्।

‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ उनले भनेका छन्।

विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन्।

सोमबारको आन्दोलनमा दमन गरेपछि उग्र बनेका जेनजीले मंगलबार संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयमा तोडफोडसहित आगोलगाएका छन्।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्