Kathmandu Press

प्रदर्शनकारीले रवि लामिछानलाई कारागारमुक्त गराए  

प्रदर्शनकारी नख्खु कारागार पुगेर घेरावन्दी गरेपछि कारागार प्रशासनबाट थुनामुक्त गर्न सहजीकरण गरिएको जनाइएको छ। 
प्रदर्शनकारीले रवि लामिछानलाई कारागारमुक्त गराए  

काठमाडौं, भदौ २४ : जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गराएका छन्।

प्रदर्शनकारी नख्खु कारागार पुगेर घेरावन्दी गरेपछि कारागार प्रशासनबाट थुनामुक्त गर्न सहजीकरण गरिएको जनाइएको छ। 

रवि लामिछाने अहिले आन्दोलनकारीसँग मिसिएका छन्। लामिछाने मुक्त हुने बेला उनकी श्रीमती निकिता पौडेल पनि नख्खु पुगेकी थिइन्। 
 
प्रकाशित मिति: १५:५० बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्