Kathmandu Press

संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतमा पनि आगजनी 

आन्दोलनकारीले तीनवटै निकायका मुख्य भवनहरूमा नियन्त्रणमा लिएर आगजनी भएको छ। अहिले आन्दोलनकारीहरू प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन्। 
संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतमा पनि आगजनी 
सर्वाेच्चसँगै रहेकाे महान्यायाधिवक्ताकाे कार्यालय।

काठमाडौं, भदौ २४ : राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालतमा पनि आगजनी भएको छ। 

आन्दोलनकारीले तीनवटै निकायका मुख्य भवनहरूमा नियन्त्रणमा लिएर आगजनी भएको छ। अहिले आन्दोलनकारीहरू प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन्। 

Hardik ivf

परिस्थिति सुरक्षा निकायको नियन्त्रण भन्दा बाहिर गएको छ। अहिले संसद भवन नयाँ बानेश्वरलाई आन्दोलनकारीले नियन्त्रणमा लिएका छन्। 

सबै भौतिक संरचनाहरू तोडफोड गर्दै आगजनी गरिएको छ। महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत भवनमा पनि आगो लगाएका छन्। 
 
प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, भदौ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्