Kathmandu Press

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

मुलुकामा असामान्य परिस्थिति उत्पन्न भएकाे भन्दै ओलीले पदबाट राजीनामा दिएका हुन्।
प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं, भदौ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

मुलुकामा असामान्य परिस्थिति उत्पन्न भएकाे भन्दै ओलीले पदबाट राजीनामा दिएका हुन्।

सोमबार जेनजीको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब परेको थियो।

सरकारको दमनविरुद्ध आज देशैभर प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अधिकांश नेताहरुको घर जलाएका छन्।

प्रदर्शनले उग्र रुप लिइरहेको छ।

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्