Kathmandu Press

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी रहेको भन्दै उनीहरूले अराजकता होइन राज्य व्यवस्थामा सुधार खोजेको बताए। 
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं, भदौ २४ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको छ। 

हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशैभरीका सडकमा भएको घटना लोकतन्त्र नभएको भन्दै राजीनामा दिने निर्णय गरेको हो। 

सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी रहेको भन्दै उनीहरूले अराजकता होइन राज्य व्यवस्थामा सुधार खोजेको बताए। 

उनले जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न आफ्नो आत्माले नदिएको भन्दै राजीनामा दिन लागेका हुन्।

आजको युवा पुस्ताले सडकमा उठाएको आवाज, ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्ने भन्दै उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु रहेको पनि उनको भनाई छ।

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्