Kathmandu Press

जेन–जी आन्दोलन उग्र बन्दै, ओलीविरुद्ध चर्को नारा

उनीहरुले अब पनि परिवर्तन नभए यो देशमा केही हुन नसक्ने भन्दै परिवर्तनको माग गरिरहेका छन् भने निर्वाचनको पनि माग गरेका छन्। 
जेन–जी आन्दोलन उग्र बन्दै, ओलीविरुद्ध चर्को नारा

काठमाडौं, भदौ २४ : सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनले उग्र रुप लिएको छ। 

मंगलबार आन्दोलनलाई समर्थन गर्दै अन्य युवाहरु पनि काठमाडौं आएपछि आन्दोलन झन् भड्किएको छ। उनीहरुले युवा मार्न पाइदैँन्, युवा मार्न पाइदैँन् भन्ने खालको नारा लगाइरहेका छन्। 

उनीहरुले अब पनि परिवर्तन नभए यो देशमा केही हुन नसक्ने भन्दै परिवर्तनको माग गरिरहेका छन् भने निर्वाचनको पनि माग गरेका छन्। 

उनीहरुले केपी चोर देश छोड, ज्यानमारा प्रधानमन्त्री मुर्दावाद, हत्यारा गृहमन्त्री मुर्दाबाद, विद्यार्थी मार्न पाइदैँन्, जस्ता नाराहरु लगाई रहेका छन्। 

बानेश्वरमा एकजना युवा पक्राउ परेका छन्, भने एकजना वृद्धले भने आन्दोलनमा मृत्यु भएका २१ जना के गरेका थिए भन्ने प्रश्न गर्दै अगाडि आएका थिए। 

उनीहरुले बाटोमा टायर बालेका छन् भने प्रहरीले बनाएका ब्यारियर पनि तोडेर अगाडि बढेका छन्। 
 
प्रकाशित मिति: १४:११ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्