Kathmandu Press

रास्वपाका सबै सांसदहरुले राजीनामा दिने

पछिल्लो विकसित घटनाक्रम पछि मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको हो। 
रास्वपाका सबै सांसदहरुले राजीनामा दिने

काठमाडाैं, भदाै २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले राजीनामा दिने भएका छन्।

पछिल्लो विकसित घटनाक्रम पछि मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको हो। 

Hardik ivf

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ। रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो।

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, भदौ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्