Kathmandu Press

खानेपानीमन्त्री प्रदीप यादवले दिए राजीनामा

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए। उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन्।
खानेपानीमन्त्री प्रदीप यादवले दिए राजीनामा

काठमाडौं, भदौ २४ : खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। 

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए। उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन्।

‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी ुवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु।’

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए।

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्