Kathmandu Press

कांग्रेस कार्यालयमा तोडफोड र आगजनी

केहीबेरअघि सानेपास्थित कांग्रेस पार्टी कार्यालय प्रवेश गरेका प्रदर्शनकारीहरुले नाराबाजीसहित तोडफोड गर्दै आगजनी गरेका हुन्। 
कांग्रेस कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं, भदौ २४ : प्रदर्शनकारीहरुले नेपाली कांग्रेसको कार्यालयमा आगजनी गरेका छन्।

केहीबेरअघि सानेपास्थित कांग्रेस पार्टी कार्यालय प्रवेश गरेका प्रदर्शनकारीहरुले नाराबाजीसहित तोडफोड गर्दै आगजनी गरेका हुन्। 

प्रदर्शनकारीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको निवसामा पनि तोडफोड गरेका छन्। उनीहरुले भित्रैप्रवेश गरेर अहिले देउवा निवासमा नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्