Kathmandu Press

देउवानिवास भित्रै छिरेर प्रदर्शनकारीले गरे तोडफोड

मंगलबार दिउँसो प्रदर्शनकारीहरुले बुढानिलकण्ठस्थित देउवा निवाको गेग नै फुटाएर भित्र प्रवेश गरेका थिए। त्यहाँ उनीहरुले नाराबाजी गर्दै तोडफोड गरेका हुन्। 
देउवानिवास भित्रै छिरेर प्रदर्शनकारीले गरे तोडफोड

काठमाडौं, भदौ २४ : जेनजी आन्दोलनमा सरकारले गरेको दमनको विरोधमा प्रदशर्नमा उत्रिएका युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। 

मंगलबार दिउँसो प्रदर्शनकारीहरुले बुढानिलकण्ठस्थित देउवा निवाको गेग नै फुटाएर भित्र प्रवेश गरेका थिए। त्यहाँ उनीहरुले नाराबाजी गर्दै तोडफोड गरेका हुन्। 

यस्तै, प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन्।

सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुनः देशभर प्रदर्शन चर्किएको छ। यवाहरुको निशानामा नेताहरुको घर र सार्वजनिक सम्पत्ति परिरहेका छन्।

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्