Kathmandu Press

अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन हुँदै ‘जुनुको जुत्ता’

काठमाडौं, जेठ १ : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन हुन लागेको छ।

बाल मनोविज्ञानमा आधारित सर्....

अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन हुँदै ‘जुनुको जुत्ता’

काठमाडौं, जेठ १ : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन हुन लागेको छ।

बाल मनोविज्ञानमा आधारित सर्ट फिल्म ‘जुनुको जुत्ता’ जर्मनमा आयोजना हुन लागेको ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’का प्रदर्शन हुने भएको हो। जर्मनमा आयोजना हुने महोत्सवको ६६औं संस्करणका लागि नेपालबाट छनोट भएको छ।

केदार श्रेष्ठले निर्देशन गरेको ‘जुनुको जुत्ता’ले पाँच वर्षीया बालिकाको कथा बोकेको छ। विद्यालय जादा उनकी आमा जुता लगाएर पठाउँछिन्। बेलुकी विद्यालय छुटेपछि सबै साथीहरु कक्षा कोठा बाहिर फुकालेर राखेका जुत्ता लगाएर फर्किन्छन्। तर, उनी भने उल्टो जुत्ता लगाएर घर फर्किन्छिन्।

Hardik ivf

उनले दायाँ र बायाँ खुट्टाको जुत्ता मिलाउन सक्दिँनन्। त्यसपछि उनले कुन जुत्ता कता लगाउने याद गर्न जुत्तामाथि चिह्न लगाउँछिन्। अनि भने उनी सुल्टो जुत्ता लगाउँछिन्।

यहि सेरोफेरोको कथालाई निर्देशक श्रेष्ठले फिल्ममा उतारेका छन्। कीर्तिपूर थिएटर मलका संस्थापक तथा निर्देशक श्रेष्ठ भन्छन्, ‘नेपालमा बनेको छोटो फिल्मले यसरी अन्तर्राष्ट्रिय रुपमा प्रदर्शन हुन पाउँदा निकै खुशी लागेको छ।’

यस अघि 'जुनुकाे जुत्ता'ले अमेरिकाकाे 'लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभल'काे 'इन्डी सर्ट फेस्ट'मा 'बेस्ट चिल्ड्रेन सर्ट फिल्म' अवार्ड जितेकाे थियाे।

प्रतिष्ठित एव पुरानो महोत्सवका रुपमा चर्चित यसमा संसारभरबाट छानिएका तीन सय ५० वटा सर्ट फिल्म प्रदर्शन हुँदै छन्। बुधबारदेखि सुरु भएको महोत्सव अनलाइनमार्फत जेठ ५ गतेसम्म चल्नेछ।

महोत्सवमा ‘जुनुको जुत्ता’ जेठ ५ गते अर्थात मे १८ को राति १०ः४५ बजेट प्रदर्शन हुनेछ। उद्घाटन र समापन समारोह निःशुल्क गरिएको भएपनि प्रदर्शित फिल्म हेर्न भने ९.९९ युरो तिर्नुपर्नेछ।

 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्