Kathmandu Press

प्रधानमन्त्रीको राजीनामा र कांग्रेसले सरकार छाड्नुपर्ने गगन थापाको माग

‘रातभर सुत्न सकिनँ, मजस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ उनले लेखेका छन्।
प्रधानमन्त्रीको राजीनामा र कांग्रेसले सरकार छाड्नुपर्ने गगन थापाको माग

काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन्। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टीको बैठकबाट यो निर्णय गराउने उनले जनाएका छन्। 

Hardik ivf

‘रातभर सुत्न सकिनँ, मजस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ उनले लेखेका छन्।

महामन्त्री थापाले अहिलेको परिस्थितिको थप साक्षी र साझेदारका रुपमा कांग्रेस रहन नहुने उनले बताएका छन्। 

‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,’ थापाले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, भदौ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्