कर्फ्युको अवज्ञा, संसद भवन अगाडि प्रदर्शन
उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।-1757337303.jpg)
काठमाडौं, भदौ २४ : नयाँ पुस्ताका युवा (जेनजी) हरुले कर्फ्यु आदेशको अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।
उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।
प्रकाशित मिति: ०९:१५ बजे, मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
