Kathmandu Press

जेनजी आन्दोलनमाथिको दमनको छानविन गर्न सरकारले बनायो समिति

जेनजी आन्दोलनमाथिको दमनको छानविन गर्न सरकारले बनायो समिति

काठमाडौं, भदौ २३ : सरकारले जनेजीहरुले गरेको प्रदर्शनमाथि भएको दमनलगायत हिंसात्मक घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ। 

सोमबार २० जनाको ज्यान जाने गरी भएको घटनापछि साँझै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक छानविन समिति बनाउने निर्णय गरेको हो। 

छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिइएको छ। समितिका सदस्यहरू भने सार्वजनिक भएको छैन।

२० जनाको ज्यान जाने गरी भएको घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन्। 

प्रकाशित मिति: २१:२१ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्