Kathmandu Press

जेनजी आन्दोनलमाथि प्रहरीको बर्बर दमनपछि गृहमन्त्रीले दिए राजीनामा

सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा २० जनाको ज्यान जाने गरी प्रहरील बर्बर दमन गरेपछि गृहमन्त्री दबाबमा थिए। पार्टी भित्र र बाहिरबाट गृहमन्त्रीको राजीनामा मागिएको थियो।
जेनजी आन्दोनलमाथि प्रहरीको बर्बर दमनपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, भदौ २३ : गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका हुन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका हुन्।

सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा २० जनाको ज्यान जाने गरी प्रहरील बर्बर दमन गरेपछि गृहमन्त्री दबाबमा थिए। पार्टी भित्र र बाहिरबाट गृहमन्त्रीको राजीनामा मागिएको थियो।

Hardik ivf

आजै बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नेताहरुले गृहमन्त्री लेखकलाई राजीनामा दिन दबाब दिएका थिए। बैठकमा दुवै महामन्त्रीसहितका नेताहरूले लेखकलाई घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन दबाब दिएका थिए। 

बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दुस्खी रहेको र नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए।

पदाधिकारी बैठकपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा पुगेका लेखकले त्यहाँ प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। 

प्रकाशित मिति: २०:४२ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्