Kathmandu Press

सामाजिक सञ्जाल तत्काल खोल्न प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाको फोन 

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले पूर्ववत अवस्थामा सामाजिक सञ्जाल चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको हो। 
सामाजिक सञ्जाल तत्काल खोल्न प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाको फोन 

काठमाडौं, भदौ २३ : सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुलाएर पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले पूर्ववत अवस्थामा सामाजिक सञ्जाल चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको हो। 

Hardik ivf

पदाधिकारी बैठकपछि सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिन निर्णयका लागि आग्रह समेत गरेका छन्। 

देउवाले आजकै मन्त्रिपरिषद बैठकबाट सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्। 

अहिले मन्त्रिपरिषदको बैठक बालुवाटारमा बसिरहेको छ । सामाजिक सञ्जाल वन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारविरूद्ध जेनजीले काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा सोमबार गरेको प्रदर्शनकाक्रममा २० जनाको ज्यान गइसकेको छ। 

कांग्रेस पदाधिकारी बैठकमा कतिपय नेताहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेको बताइएको छ। 

प्रकाशित मिति: २०:०८ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्