Kathmandu Press

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, गृहमन्त्रीको राजीनामा आउन सक्ने 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजेका लागि बैठक बोलाइए पनि केही समय अघि मात्रै शुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार अहिले बैठक चलिरहेको छ। 
बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, गृहमन्त्रीको राजीनामा आउन सक्ने 

काठमाडौं, भदौ २३ : सोमबार भएको जेनजी प्रदर्शनकाक्रममा २० जनाको मृत्यु भएपछि छलफल गर्न अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजेका लागि बैठक बोलाइए पनि केही समय अघि मात्रै शुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार अहिले बैठक चलिरहेको छ। 

Hardik ivf

आजैको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिने अनुमान समेत गरिएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि गृहमन्त्री लेखकको राजिनामा मागिएको थियो। 

प्रकाशित मिति: १९:३० बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्