Kathmandu Press

प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै रास्वपाले भन्यो– ‘अर्ली इलेक्सन’ गर

‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (अर्ली इलेक्सन)को माग गर्दछौँ,’ रास्वपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै रास्वपाले भन्यो– ‘अर्ली इलेक्सन’ गर

काठमाडौं, भदौ २३ : राष्ट्रिय स्वतन्त्र पार्टीले अर्ली इलेक्सनको माग गरेको छ। 

आज भएको जेनजी पुस्ताको आन्दोलनमा दमन गर्दै २० जनाको मृत्यु भएपछि विज्ञप्ति निकालेर रास्वपाले प्रधानमन्त्री केपी ओली सरकारले बैधता गुमाएको भन्दै अर्ली इलेक्सनको माग गरेको हो।

‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (अर्ली इलेक्सन)को माग गर्दछौँ,’ रास्वपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा भएको प्रदर्शनमा बर्बर दमन गरेको भन्दै रास्वपाले घटनाको निन्दा गरेको छ।

रास्वापले आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा नगर्न पनि चेतावनी दिएको छ। उसलेले गृहमन्त्रीसहित सबै दोषीमाथि कारबाहीको माग गरेको छ। 

‘घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। 

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति रास्वपाले श्रद्धाञ्जली अर्पण गरेको छ। 
 
प्रकाशित मिति: १९:५० बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्