Kathmandu Press

एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ।
एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं, भदौ २३ : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। 

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

Hardik ivf

‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको आज २०८२ भाद्र २३ गते बसेको बैठकले ‘जेनजी’ पुस्ताका युवाहरुको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहितको निर्णय गरेको छ। सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता बिरोधी गलत निर्णयको निन्दा र बिरोध गर्दछौं, यो हद भयो, अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार! सामाजिक सन्जाल खुला गर’, ज्वालाले भनेका छन्, ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन। प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ!’

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ।
 
प्रकाशित मिति: १९:११ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्