Kathmandu Press

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो

विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएका घाइतेहरुको मृत्यु भएको हो। ट्रमा सेन्टर लगिएका ९ जना घाइतेको मृत्यु भएको छ।
जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं, भदौ २३ : जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा उपचारका लागि लगिएका थप दुई जनाको मृत्यु भएको छ। 

विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएका घाइतेहरुको मृत्यु भएको हो। ट्रमा सेन्टर लगिएका ९ जना घाइतेको मृत्यु भएको छ। 

Hardik ivf

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीले हानेको गोलीबाट उनीहरुको मृत्यु भएको हो। 

ट्रमा सेन्टरमा ९ सहित सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको जनाइएको छ। 

प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन प्रहरीले गोली हानेको थियो। मृतकसँगै घाइतेको संख्यासमेत बढीहरेको छ।  

प्रकाशित मिति: १८:०० बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्