Kathmandu Press

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्। बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।
देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं, भदौ २३ : सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 

जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्। बैठक  सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।

बैठक साँझ ५ बजेका लागि बोलाइए पनि बालुवाटारमा सत्तारुढ दलको बैठक जारी रहेकाले कांग्रेसको बैठक केही ढिला सुरु हुनेछ।

आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: १७:३६ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्