Kathmandu Press

प्रमुख प्रतिपक्षी माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा 

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानकाक्रममा गोरखा पुगेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेको हो। 
प्रमुख प्रतिपक्षी माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा 

काठमाडौं, भदौ २३ : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। 

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानकाक्रममा गोरखा पुगेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेको हो। 

माओवादी जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको निश्कर्ष निकालेको छ । जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ। 

काठमाडौंमा घटेको घटनापछि माओवादीले तत्कालका लागि अभियान स्थगित गरेको छ। अभियान टोलीमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु काठमाडौं फर्किँदै छन्। 

प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने निश्कर्ष माओवादीले निकालेको छ। 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्