Kathmandu Press

बुटबल र भैरहवामा पनि कर्फ्यू आदेश

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार, कफ्र्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। 
बुटबल र भैरहवामा पनि कर्फ्यू आदेश

बुटबल, भदौ २३ : शान्ति सुरक्षा कायम राख्न बुटवल–भैरहवा क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरिएको छ। 

जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा कर्फ्यूआदेश जारी गरेको हो। 

सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यूआदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी कर्फ्यू आदेश जारी गरेका हुन्। 

Hardik ivf

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार, कफ्र्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। 

स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको सूचनमा उल्लेख छ। बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको हो। 

कर्फ्यू आदेशमा नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ । कफ्र्युको पालना नगर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ।

यी हुन् कर्फ्यू लाग्ने क्षेत्र 

बुटवल क्षेत्र

  • पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म
  • पश्चिममा बेलवास चोकसम्म
  • उत्तरमा चिडिया खोलासम्म
  • दक्षिणमा मंगलापुर सम्म

भैरहवा क्षेत्र

  • पूर्वमा रोहिणी खोला पुलसम्म
  • पश्चिममा बेथरी पुलसम्म उत्तरमा बुद्धचोक सम्म दक्षिणमा मेउडीहवासम्म
  • बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ १०० मिटरसम्म

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्