Kathmandu Press

जेनजीको दमन राज्यको निरंकुश छवि : सर्वाेच्च बार

सर्वोच्च अदालत बारका सचिव रमणकुमार कर्णले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्य प्रशासनको निरंकुश छवि उजागर भएको बताएका छन्। 
जेनजीको दमन राज्यको निरंकुश छवि : सर्वाेच्च बार

काठमाडौं, भदौ २३ : सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा राज्य प्रशासनको निरंकुश छवि उजागर भएको भन्दै दमनको निन्दा गरेको छ।

सर्वोच्च अदालत बारका सचिव रमणकुमार कर्णले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्य प्रशासनको निरंकुश छवि उजागर भएको बताएका छन्। 

सचिव कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि सयौं प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानकर्षण भएको छ।’ 

विरोध प्रदर्शन सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको सर्वोच्च बारको विज्ञप्तिमा उल्लेख छ । साथै, स्थिति थप प्रतिकूल हुन नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन पनि बारले अनुरोध गरेको छ।

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्