Kathmandu Press

रुपन्देहीमा लाग्यो कर्फ्यू

आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरिएको हो।
रुपन्देहीमा लाग्यो कर्फ्यू

रुपन्देही, भदौ २३ : जेनजीहरुको प्रदर्शनले अग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू लगाएको छ। 

जिल्ला प्रशासन कार्यालयले केहीबेर अघि सूचना जारी गर्दै कर्फ्यू जारी गरेको हो। 

आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरिएको हो।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुको प्रदर्शनको काठमाडौंको नयाँ बारनेश्वर क्षेत्रमा राति १० बजे र पोखरामा अनिश्चितकानिल कर्फ्यू लगाएको छ। 

प्रकाशित मिति: १६:०० बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्