Kathmandu Press

प्रधानमन्त्रीले डाके सुरक्षा परिषदको आकस्मिक बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषद् बैठक बोलाइएको हो। सुरक्षा परिषद बैठकमा गृहमन्त्री, प्रधान सेनापति, दुबै प्रहरी संगठनका प्रमुख लगायतलाई डाकिएको छ। 
प्रधानमन्त्रीले डाके सुरक्षा परिषदको आकस्मिक बैठक

काठमाडौँ, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक डाकेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषद् बैठक बोलाइएको हो। सुरक्षा परिषद बैठकमा गृहमन्त्री, प्रधान सेनापति, दुबै प्रहरी संगठनका प्रमुख लगायतलाई डाकिएको छ। 

Hardik ivf

काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शन अराजक बनेपछि भएको जनधनको क्षति लगायत समग्र सुरक्षाको बिषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । सुरक्षा परिषद बैठकपछि मन्त्रिपषिद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

साँझ ६ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक पनि बोलाइएको छ। अहिले प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकसहितका मन्त्रीहरुलाई अनौपचारिक छलफलका लागि बालुवाटार डाकेका छन् ।

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्