Kathmandu Press

आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी  उपचारको व्यवस्था गर्न सङ्घीय अस्पतालहरूलाई सर्कुलर गरेका हुन् । 
आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

काठमाडौँ, भदौ २३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई सर्कुलर गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी  उपचारको व्यवस्था गर्न सङ्घीय अस्पतालहरूलाई सर्कुलर गरेका हुन् । 

Hardik ivf

यसैगरी मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणको गर्न समेत आग्रह गरेको छ । साथै सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीलाई एकजुट भई घाईतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ । 

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्