Kathmandu Press

बानेश्वरमा सेना परिचालन 

कर्फ्यू लगाएपनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेपछि सेना परिचालन गरिएका हो।
बानेश्वरमा सेना परिचालन 

काठमाडौं, भदौ ३ : जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि बानेश्वारमा सेना परिचालन गरिएको छ। 

प्रदर्शन उग्र र हिंसात्मक बनेपिछ जिल्ला प्रशासन कार्यालयले यसअघि नै बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइसकेको थियो। 

कर्फ्यू लगाएपनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेपछि सेना परिचालन गरिएका हो।

सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको छ।

प्रहरीको गोली लागेर ५ जना जनाको मृत्यु भइसकेको छ। उपचारका क्रममा ट्रमा सेन्टरमा ४ तथा सिभिल अस्पताल र केएमसी अस्पतालमा एक एक जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्