Kathmandu Press

सिभिल अस्पतालमा मात्रै घाइतेको संख्या १३० बढी, १० जना प्रहरी पनि थपिए

सिभिल अस्पतालका निर्देशक डा.मोहनचन्द्र रेग्मीले जनाए अनुसार घाइतेमध्ये १० जना प्रहरी रहेका छन्। घाइतेहरूको संख्या बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ ।
सिभिल अस्पतालमा मात्रै घाइतेको संख्या १३० बढी, १० जना प्रहरी पनि थपिए

काठमाडौं, भदौ २३ : सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते हुनेहरूको संख्या सिभिल अस्पतालमा मात्र १३० नाघेको छ। 

सिभिल अस्पतालका निर्देशक डा.मोहनचन्द्र रेग्मीले जनाए अनुसार घाइतेमध्ये १० जना प्रहरी रहेका छन्। घाइतेहरूको संख्या बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ । अन्य अस्पतालमा पनि घाइतेको संख्या बढ्नै गएको छ। 

अस्पतालमा घाइतेको अवस्था बढ्दै गएपछि अन्य अस्पताल पठाउने तयारी गरिएको छ । विरामी ओसार्न एम्बुलेन्सकोसमेत अभाव भएपछि अन्य अस्पतालबाठ एम्बुलेन्स झिकाइएको छ। ी

सिभिल अस्पतालले घाइतेको चाप थेग्न नसकेपछि अस्तव्यस्त बन्न पुगेको छ।

 

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्