Kathmandu Press

गृहमन्त्रीसहित उच्च अधिकारीहरू आकस्मिक छलफलमा

गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेका छन्। गृहमन्त्री लेखकसहित उच्च पदस्थ अधिकारीहरू अहिले छलफलमा छन्।
गृहमन्त्रीसहित उच्च अधिकारीहरू आकस्मिक छलफलमा

काठमाडौं, भदौ २३ : जेनजी पुस्ताको आन्दोलन सुरक्षा नियन्त्रण बाहिर पुगेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू आकस्मिक छलफलमा जुटेका छन्। 

गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेका छन्। गृहमन्त्री लेखकसहित उच्च पदस्थ अधिकारीहरू अहिले छलफलमा छन्। 

छलफलमा गृह सचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेलगायत छलफलमा रहेको जनाइएको छ। गृहमन्त्रालयले अहिले आन्दोलनको एकीकृत सूचना संकलन गरिरहेको छ।

जेनजीको आन्दोलन अराजक बन्दै गएपछि रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ। 

आन्दोलनकाक्रममा एकजनाको मृत्यु र ७० भन्दा बढी घाइते भएका छन्। 

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्