Kathmandu Press

प्रधानमन्त्री ओलीको गृहनगर दमकमा प्रहरीको गोलीबाट एक जना घाइते

गोली लागेर झापाको कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । भट्टराईको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि दमक अस्पतालको आकस्मिक कक्षमा लगिएको छ। 
प्रधानमन्त्री ओलीको गृहनगर दमकमा प्रहरीको गोलीबाट एक जना घाइते

झापा, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।

आन्दोलन अराजक बन्दै गएपछि प्रहरीले भिड नियन्त्रण गर्न गोली चलाएको थियो । दमक चोकबाट जुलुससहित नगरपालिका कार्यालय अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए। 

Hardik ivf

नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर झापाको कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । भट्टराईको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि दमक अस्पतालको आकस्मिक कक्षमा लगिएको छ। 

प्रदर्शनकारीले नगरपालिका परिसरमा रहेका केही मोटरसाइकलमा पनि आगजनी गरेका छन्। उनीहरुले नगरपालिका परिसरका सीसी क्यामेरासमेत तोडफोड गरेका थिए। 

भिड नियन्त्रणबाहिर गएपछि प्रहरीले शुरुमा हवाई फायर गरेको थियो । अहिले थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको छ। 

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्