Kathmandu Press

रबरको गोली लागेर पत्रकार घाइते, अस्पताल लगियो 

घाइते हुनेमा नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र कान्तिपुर टिभीका श्याम श्रेष्ठ रहेका छन्। घाइते पत्रकार ढुंगानालाई अस्पताल लगिएको छ। 
रबरको गोली लागेर पत्रकार घाइते, अस्पताल लगियो 

काठमाडौं, भदौ २३ : जेनजीको आन्दोलनकाक्रममा प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन्।

घाइते हुनेमा नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र कान्तिपुर टिभीका श्याम श्रेष्ठ रहेका छन्। घाइते पत्रकार ढुंगानालाई अस्पताल लगिएको छ। 

श्रेष्ठ सामान्य घाइते भएका छन्। नेपाल प्रेसका पत्रकार उमेश कार्कीलाई पनि गोलीको छर्रा चोट लागेको जनाइएको छ। 

पत्रकार बाहेक रबरको गोली लागेर आन्दोलनकारी पनि घाइते भएका छन्। 
 
प्रकाशित मिति: १४:०१ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्