Kathmandu Press

शीतलनिवास, सिंहदरबार, नारायणहिटी आसपासका क्षेत्रमा पनि कर्फ्यू आदेश बढाइयो 

जिल्ला प्रशासनले थप क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो। सोमबार दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको छ।
शीतलनिवास, सिंहदरबार, नारायणहिटी आसपासका क्षेत्रमा पनि कर्फ्यू आदेश बढाइयो 

काठमाडौं, भदौ २३ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर कर्फ्यू आदेश बढाएको छ। 

जिल्ला प्रशासनले थप क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो। सोमबार दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको छ।

Hardik ivf

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट थपिएको कर्फ्यू आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी भएको आदेशअनुसार, काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न नपाउने भनिएको छ। 

कफ्यु आदेशमा शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोल्सासम्म कफ्र्यु लागेको छ। 

यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा  केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म र सिंहदरबार क्षेत्रमा पनि भद्रकाली मन्दिरको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म कफ्र्यु आदेश जारी भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कफ्यु आदेश जारी भएको छ । 

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्