Kathmandu Press

बानेश्वर क्षेत्रमा कर्फ्यु  

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको हो। 
बानेश्वर क्षेत्रमा कर्फ्यु  

काठामडौं, भदौ २३ : जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको हो। 

Hardik ivf

प्रदर्शनमा जेन जी पुस्ताको नाममा घुसपैठ भएपछि कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासनका अनुसार कर्फ्यू बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म लगाइएको छ। 

यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ ।

प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्