Kathmandu Press

संसद भवनको दुई नम्बर गेटमा जेनजी प्रदर्शनकारीले आगो लगाए

माइतीघर र तीनकुनेतर्फबाट आएका जेनजी प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर दुई नम्बर गेटमा आगजनी गरेका हुन्।
संसद भवनको दुई नम्बर गेटमा जेनजी प्रदर्शनकारीले आगो लगाए

काठमाडौं, भदौ २३ : जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन्।

माइतीघर र तीनकुनेतर्फबाट आएका जेनजी प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर दुई नम्बर गेटमा आगजनी गरेका हुन्।

यस्तै, प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन्। उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए। 

प्रकाशित मिति: १२:५० बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्