जेनजीको आन्दोलनलाई कारगारबाटै रविको समर्थन
उनले प्रदर्शनमा घुसपेठ गरेर आन्दोलनलाई उत्तेजित बनाउने प्रयास हुने भन्दै सचेत रहन आग्रह गरेका छन्।
काठमाडौं, असार २२ : सहकारी गठी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानले जेनजीहरुको आन्दोनलाई समर्थन गरेका छन्।
नख्खु कारागारमा रहेका रविले आइतबार साँझ विज्ञप्ति जारी गर्दै भोलि हुने जेनजीहरूको प्रदर्शनमा आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन्।
सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि जेनजीहरूले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन गर्दैछन्। उनले प्रदर्शनमा घुसपेठ गरेर आन्दोलनलाई उत्तेजित बनाउने प्रयास हुने भन्दै सचेत रहन आग्रह गरेका छन्।
‘सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ, भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो। घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्,’ उनले भनेका छन्।
उनले प्रदर्शनप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता जाहेर पनि गरेका छन् ।
‘भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ। शासकहरुले तपाईँहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,’ उनले भनेका छन्।
रविले आफ्नो इतिहास र यो देशको इतिहास पनि जेनजी पुस्ताकै हातमा रहेको उल्लेख गरेका छन्।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
