Kathmandu Press

‘माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ’

उनले अभियान वर्षाका कारण केही समय स्थगित भएको भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ उर्जा थपिएको बताए। 
‘माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ’

लम्जुङ, भदौ २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभियान वर्षाका कारण केही समय स्थगित भएको भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ उर्जा थपिएको बताए। 

Hardik ivf

उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा समेत जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमै बसेर उनीहरूको पीडा र अनुभव सुन्ने अभ्यास कायम राखिएको उल्लेख गरे। 

‘हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौं,’ अध्यक्ष दाहालले भने। 

उनका अनुसार अभियानका क्रममा कांग्रेस वा एमालेका स्थानीय जनप्रतिनिधिहरूले समेत स्वागत र सहयोग गर्ने परम्परा देखिएको छ। 

‘ठूला नेताप्रति मनपर्ने–नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन् । यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ,’ उनले स्पष्ट पारे। 

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, भदौ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्