Kathmandu Press

राष्ट्रिय शक्तिका रुपमा एमाले स्थापित गराउनेगरी विधान बन्छ : गुरुङ

नेता गुरुङले विधानमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान संशोधन प्रस्तावमा १० वटै समुहबाट रचनात्मक, मननयोग्य ,ग्रहणयोग्य सबै सुझावलाई समावेश गर्ने समेत बताए।
राष्ट्रिय शक्तिका रुपमा एमाले स्थापित गराउनेगरी विधान बन्छ : गुरुङ

काठमाडौं, भदौ २२ : नेकपा एमालेका उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा एमाले स्थापित गराउने कुरामा महत्वपूर्ण योगदान पुर्याउने गरी विधान बन्ने बताएका छन्। 

आइतबार ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनका बारेमा बोल्दै सबैभन्दा उपयुक्त पार्टी संरचना निर्माण गरी राजनीतिक शक्तिकोरुपमा नेकपा (एमाले) स्थापित गर्नेगरी  विधान बन्ने बताएका हुन्। 

‘रचनात्मक, मननयोग्य ,ग्रहणयोग्य सबै सुझावलाई समावेश गरेर एकदमै राम्रो विधान बनाउने काम यो भन्दा अगाडिको पाँचौ, छैठौ, सातौँ, आठौँ, नौँ हुँदै १०औँ भन्दा उपयुक्त सबैभन्दा राम्रो विधान बनाएर त्यसै ढंगको पार्टी संरचना निर्माण गरेर निर्णयक राष्ट्रिय राजनीतिक शक्तिकोरुपमा नेकपा एमाले स्थापित गराउने कुरामा महत्वपूर्ण योगदान पुर्याउने गरी विधान बन्छ,’ उनले भने।

नेता गुरुङले विधानमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान संशोधन प्रस्तावमा १० वटै समुहबाट रचनात्मक, मननयोग्य ,ग्रहणयोग्य सबै सुझावलाई समावेश गर्ने समेत बताए। 

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, भदौ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्