Kathmandu Press

टिआरसीमा बलात्कार र यौनजन्य हिंसाका चार हजार उजुरी थपिए 

आयोगमा नयाँ पदाधिकारी नियुक्त भएपछि आयोगले ३ महिने सार्वजनिक सूचना जारी गर्दै काबु बाहिरको परिस्थिति, जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धित उजुरी माग गरेको थियो। आयोगमा सबैगरी १५ हजार १९१ नयाँ उजुरी प्राप्त भएका छन्। 
टिआरसीमा बलात्कार र यौनजन्य हिंसाका चार हजार उजुरी थपिए 

काठमाडौं, भदौ २२ : सत्यनिरूपण तथा मेलमिलाप आयोगमा दश बर्षे द्वन्द्वकालीन घटनाका १५ हजारभन्दा बढी नयाँ उजुरी थपिएका छन्। ति उजुरीमध्ये झण्डै चार हजार उजुरी बलात्कार यौनजन्य हिंसासम्वन्धित छन्। 

आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो। आयोगमा नयाँ पदाधिकारी नियुक्त भएपछि आयोगले ३ महिने सार्वजनिक सूचना जारी गर्दै काबु बाहिरको परिस्थिति, जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धित उजुरी माग गरेको थियो। आयोगमा सबैगरी १५ हजार १९१ नयाँ उजुरी प्राप्त भएका छन्। 

Hardik ivf

प्राप्त हुन आएका उजुरीमध्ये आयोगमा ५ हजार ४७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८०८, जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी उजुरी ३ हजार ९१२ रहेको आयोगका सदस्य रहेका प्रवक्ता अच्युतप्रसाद भण्डारीले जानकारी गराए। 

आयोगमा यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी ३१४ उजुरी मात्र दर्ता भएका थिए । सबैभन्दा बढी जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएका छन्। आयोगमा नयाँ दर्ता र पुरानो गरी हालसम्म दर्ता भएका कुल उजुरीको संख्या ७८ हजार ९०९ पुगेको छ। 

आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरूमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो।

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, भदौ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्