पतञ्जली भ्रष्टाचार प्रकरण : पाँच अभियुक्तको ठेगाना पत्ता नलागेपछि सूचना जारी गर्दै विशेष अदालत
विशेष अदालत न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आइतबार ५ जना अभियुक्तको हकमा अदालतमा उपस्थित हुन पत्रिकामा सूचना जारी गर्न आदेश दिएको हो।
काठमाडौं, भदौ २२ : विशेष अदालतले पूर्व प्रधानमन्त्री माधव नेपाल समेत मुछिएको पतञ्जली भ्रष्टाचार प्रकरणका अभियुक्तको ठेगाना पत्ता नलागेपछि सूचना जारी गर्ने भएको छ।
विशेष अदालत न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आइतबार ५ जना अभियुक्तको हकमा अदालतमा उपस्थित हुन पत्रिकामा सूचना जारी गर्न आदेश दिएको हो।
अदालतका तामेल्दारले अभियुक्तको नाममा म्याद तामेल गर्न जाँदा अभियोग पत्रमा उलेख गरिएका प्रतिबादीहरु नभेटिएपछि पत्रिकामा नाम प्रकाशित गर्न आदेश भएको हो।
पतन्जली भ्रष्टाचार प्रकरणमा अभियुक्तहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह, पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायत केही व्यक्ति अदालतमा उपस्थित भइसकेका छन्।
अदालतले नेपाल र सिंहसँग जनही ३५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । उनीहरु धरौटी रकम बुझाएर छुटेका थिए। पूर्वमन्त्री प्रेमबहादुर सिंहले ५० हजार रूपैयाँ बुझाइसकेका छन्।
अदालतले सूचना जारी गरेका पाँचजना अभियुक्त हाजिर नभएमा कानुनी प्रक्रिया वमोजिम सुनुवाई अघि बढाउन बाधा पर्दैन।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
