Kathmandu Press

‘सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुन्छ’

नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने उल्लेख गरे।
‘सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुन्छ’

काठमाडौं, भदौ २२ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताएका छन्। 

ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए।

Hardik ivf

आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिँदै उनले वडा तहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताए।

महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए। नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने उल्लेख गरे।

‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा  जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने। पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर छ,’ उनले भने, ‘हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन।’

महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए। उनले पार्टी सदस्यस्ता विस्तार नगरि हसक्षम नेतृत्व निर्माण हुन नसक्ने बताए। 

बन्दसत्रमा पार्टी अध्यक्ष केपी ओलीको सुझावका आधारमा आज प्रतिवेदनलाई पारित गर्ने र जवाफका क्रममा सुझाव नछुटोस् भनेर थप छलफल गरेर दस्तावेज बनाइने उनको भनाइ थियो। 

प्रकाशित मिति: १५:१० बजे, आइतबार, भदौ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्