ललितपुर महानगरले न्हुः पोखरी वरिपरिका संरचना भत्कायो [तस्बिरहरू]
न्हुः पोखरीको छेउमा रहेको वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको भवनको संरचना अवैध भएको भन्दै डोजर लगाएर भत्काइएको छ।![ललितपुर महानगरले न्हुः पोखरी वरिपरिका संरचना भत्कायो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(10)-(31)-1757235000.jpg)
काठमाडौं, भदौ २२ : ललितपुर महानगरपालिकाले जावलाखेलस्थित न्हुः पोखरी वरिपरिका संरचना भत्काइदिएको छ।
महानगरपालिकाले पोखरीको उत्तरतर्फ डिलमा रहेका भवनहरु अवैध भएको भन्दै डोजर लगाएर भत्काएको हो।
न्हुः पोखरीको छेउमा रहेको वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको भवनको संरचना अवैध भएको भन्दै डोजर लगाएर भत्काइएको छ। यसअघि ललितपुर महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गर्दै अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो।
महानगरले दिएको अवधिमा संरचना हटाउन नमानेको भन्दै डोजर लगाएर संरचना भत्काइएको हो। ति संरचना भत्काउन उल्लेख्य संख्यामा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
जावलाखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई महानगरपालिकाले पुनःनिर्माण गर्ने तयारीमा छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरी बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ। महानगरले डोजर लगाएर संरचना हटाएर पछि अहिले लफडा चलेको छ।
-(98)-1757235051.jpg)
-(7)-1757235051.jpg)
-(99)-1757235000.jpg)
-(31)-1757235000.jpg)
-(13)-1757234978.jpg)
-(8)-1757234978.jpg)
-(22)-1757234986.jpg)
-(18)-1757234986.jpg)

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
