Kathmandu Press

सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने 

‘सामाजिक सञ्जाल बन्द गर्नु अनुपयुक्त भएको हुँदा पार्टीले औपचारिक धारणा बनाउनुपर्छ,’ बैठकमा महामन्त्री थापाको भनाई थियो।
सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने 

काठमाडौं, भदौ २२ : सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय पुनर्विचार गर्न सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले ध्यानाकर्षण गराउने भएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन्। 

सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकबाट यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको छ। बैठकमा पर्यटनमन्त्री बद्री पाण्डे पनि सहभागी थिए। 

Hardik ivf

नेपालमा सूचीकृत हुन सरकारले गरेको आह्वान नमानेपछि गत भदौ १९ गते सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।

बैठकमा कांग्रेस नेताहरु महामन्त्री गगन थापा, नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादव लगायतले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध गरेका थिए। 

सरकारले निर्णय गर्नुअघि यस्ता मुद्धामा सत्ता साझेदार पार्टीभित्र छलफल नभएको उनीहरुको भनाई थियो । काँग्रेस अभिव्यक्ति स्वतन्त्रताको पक्षधर दल भएको बताउँदै नेताहरुले यस बिषमा पार्टीको स्पष्ट अडान हुनुपर्ने सुझाव दिएका थिए।

छलफलकाक्रममा अदालतले सामाजिक सञ्जाल नियमनलाई कानुन बनाउन भनेको आदेशलाई गलत व्याख्या गरिएको प्रसङगसमेत उठेको जनाइएको छ। 

‘सामाजिक सञ्जाल बन्द गर्नु अनुपयुक्त भएको हुँदा पार्टीले औपचारिक धारणा बनाउनुपर्छ,’ बैठकमा महामन्त्री थापाको भनाई थियो। थापाले सामाजिक सञ्जाल नियन्त्रण नभई नियमन गर्नुपर्ने धारणा पनि राखेका थिए। 

प्रकाशित मिति: १४:१० बजे, आइतबार, भदौ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्