Kathmandu Press

पूर्वराष्ट्रपति–उपराष्ट्रपतिमा राजनीतिक सक्रियता रोक्ने संवैधानिक प्रावधान छैन : सभापति देउवा

‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन। त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो,’ उनले भने।
पूर्वराष्ट्रपति–उपराष्ट्रपतिमा राजनीतिक सक्रियता रोक्ने संवैधानिक प्रावधान छैन : सभापति देउवा
फाइल तस्बिर।

मोरङ, भदौ २१ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किन पाउने कि नपाउने भन्ने विषयमा संविधानले कुनै प्रतिबन्ध नलगाएको स्पष्ट पारेका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक नठान्न आग्रह गरे। 

Hardik ivf

‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन। त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो,’ उनले भने।

संविधान संशोधनबारे उठेका प्रश्नमा देउवाले भने, ‘दुईतिहाइ बहुमत बिना संशोधन सम्भव छैन। त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ, तर तत्काल कुनै निष्कर्ष निक्लिएको छैन।’ 

उनले सरकार परिवर्तन र फेरबदलको समेत कुनै सम्भावना नरहेको स्पस्ट पारेका छन्। 

प्रकाशित मिति: १५:१० बजे, शनिबार, भदौ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्