पिकेका अभिनेता साइ गुन्डेवरको क्यान्सरबाट निधन
काठमाडौं, जेठ १ : बलिउड अभिनेता साइ गुन्डेवरको ४२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको छ।
उनको ब्रेन क्यान्सरबाट निधन भएको भारतीय सञ्चारमाध्य....

काठमाडौं, जेठ १ : बलिउड अभिनेता साइ गुन्डेवरको ४२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको छ।
उनको ब्रेन क्यान्सरबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको दुई दिन अघि अमेरिकाको लस एन्जल्समा उपचारका क्रममा निधन भएको जनाएको छ।
साइले पिके, रकअन जस्ता चर्चित फिल्ममा काम गरेका थिए। टिभीमा पनि उनी चर्चित थिए।
उनले नौ महीना अघि एक पोस्ट इन्स्टाग्राममा सेयर गर्दै भगवानको कृपा र मेडिकलको सहयोगले क्यान्सरबाट बचेको बताएका थिए।
उनले लेखेका थिए, ‘साथीहरु, मलाई थाहा छैन कि कति जनालाई यसबारे थाहा छ। तर, भगवानको कृपा र मेडिकलको सहयोगपछि क्यान्सरबाट निस्कन सकेको छु, र मरेको छैन। सायद मलाई केही मानिसहरुले साँच्चै नै माया गर्नुहुन्छ।’
साइले अमेरिकाका चर्चित सिरिज जस्तै स्वात, कग्नी एन्ड लेसी, द ओरविले, द मार्स, कन्सपाइरेसीमा काम गरेका थिए। त्यस्तै, सन् २००७ मा भारत फिर्ता भएका उनले एमटिभी स्प्लिज्विला सिजन–४, आई मी और मे, बाजार, डेविड र युवराज फिल्ममा काम गरेका थिए।
उनकोे पाँच वर्ष अघि फेसन डिजाइनर सपना अमिनसँग विवाह भएको थियो।












