दार्चुलामा यात्रु बोकेको अटो खोलामा खस्यो, १ जनाको मृत्यु, २ जना वेपत्ता
अटो खोलामा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ। यस्तै २ जना खोलामा बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको छ।
दार्चुला, भदौ १६ : दार्चुलामा यात्रु बोकेको अटो रिक्सा खोलामा खसेको छ।
जिल्लाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अनियन्त्रित भएर यात्रु बाहक अटो रिक्सा होपरी खोलामा खसेको हो। अटो रिक्सामा पाँचजना सवार थिए।
प्रहरीका अनुसार नौगाडबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ख ११४८ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर खोलामा खसेको हो।
अटो खोलामा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ। यस्तै २ जना खोलामा बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको छ।
अटो खोलामा खसेपछि बेपत्ता ३ जनामध्ये बालिकाको शव भेटिएको हो। दुर्घटनामा अटो चालक नौगाड गाउँपालिका ६ का मनिराम भुल र उनका छोरा आयुस भुल घाइते भएका छन्।
प्रकाशित मिति: १७:०३ बजे, सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1771243509.jpg)








