Kathmandu Press

‘पार्टीप्रतिको आस्था र विश्वासबिना कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन्’

‘जबसम्म हामी पार्टीमाथि विश्वास गर्न सक्दैनौं, भरोसा गर्न सक्दैनौं, हाम्रा कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन्,’ उनले भने, ‘जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास हो।’
‘पार्टीप्रतिको आस्था र विश्वासबिना कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन्’

काठमाडौं, भदौ १६ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र आन्दोलनप्रतिको गहिरो विश्वासबिनाका कार्यहरू जीवन्त र प्रभावकारी बन्न नसक्ने धारणा व्यक्त गरेका छन्।

आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास भएको बताए,

Hardik ivf

‘जबसम्म हामी पार्टीमाथि विश्वास गर्न सक्दैनौं, भरोसा गर्न सक्दैनौं, हाम्रा कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन्,’ उनले भने, ‘जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास हो।’

उनले पार्टी निर्माणलाई परिवर्तनको उद्देश्यसँग गाँसेर हेर्नुपर्ने उल्लेख गर्दै, वैधानिक तयारीमार्फत समाजमा चेतना, वर्गसंघर्ष र आवश्यक्ताका आधारमा परिवर्तन सम्भव हुने बताए।

‘परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित गर्ने पार्टी एमाले हो, जतिबेलासम्म हामी वैधानिक तयारीबाट परिष्कृत गर्न अगाडि बढ्छौं,’ उनले भने, ‘त्यही बेलादेखि नै समाजको चेतना, वर्गसंघर्ष र आवश्यक्ता सबै चिज परिवर्तन गर्न सकिन्छ भन्ने नै हाम्रो आन्दोलनको मान्यता हो।’

यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विचार, संगठन र विधिको संयोजनलाई सशक्त पार्टी निर्माणको सूत्रका रूपमा व्याख्या गरे। उनले सदस्यताको गुणस्तर अभिवृद्धि, अनुशासन र पार्टीभित्रको विचारको स्वतन्त्रताका दायराबारे स्पष्ट धारणा प्रस्तुत गरे। 
 
प्रकाशित मिति: १६:३८ बजे, सोमबार, भदौ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्