हर्क साम्पाङ काठमाडौंमा, समर्थकले निकाले र्याली [तस्बिरहरू]
साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो। उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरे।![हर्क साम्पाङ काठमाडौंमा, समर्थकले निकाले र्याली [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/harka-1756718700.jpg)
काठमाडौं, भदौ १६ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन्।
साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो। उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरे।
विमानस्थलमा समर्थकहरुले गरेको स्वागतलाई लक्षित गर्दै साम्पाङले सामाजिक संजालमा लेखेका छन्,‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद!’
कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन्।
-(33)-1756718707.jpg)
-(48)-1756719884.jpg)
-(87)-1756719884.jpg)

-(88)-1756719883.jpg)
-(32)-1756719886.jpg)

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1771243509.jpg)








